२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ ।

मंगलवार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रश्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायन रिक्त संवैधानिक पदहरुको बारेमा छलफल गर्नेगरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।