२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संवैधानिक पदमा नियुक्तीका लागि सार्वजनिक सूचना



अ+ अ-

काठमाडौं: संवैधानिक परिषदको सचिवालयले पाँच संवैधानिक निकायका प्रमुख एवं सदस्य पदका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

संवैधानिक परिषद (कार्यविधि) नियमावली २०६८ अनुसार प्रकाशित उक्त सूचनामा रिक्त महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त एक जना, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त एक जना सदस्य तथा मुस्लिम आयोगमा रिक्त एक जना सदस्य पदका लागि आवेदन दिन भनिएको छ ।

परिषदको हालै सम्पन्न बैठकले गरेको निर्णय बमोजिम नेपालको संविधान बमोजिम योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार गर्न सूचना प्रकाशन गरिएको हो ।

संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी पन्ध्र दिनभित्र निवेदन दिन भनिएको छ ।

तथापि यो अभिलेख (रोस्टर) मात्र भएको र योग्य व्यक्तिमध्येका व्यक्तिलाई संवैधानिक निकायहरुमा नियुक्त गरिने छ ।




भर्खरै