२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल : नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्डमा जारी विश्वकप महिला फुटबल अन्तर्गत आज अस्ट्रेलियाको सिड्नीस्थित एलियान्ज रंगशालामा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

नेदरल्यान्ड्सले २–० गोल अन्तरले खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विजयी नेदरल्यान्ड्सका लागि जिल रुर्डले नवौं मिनेटमा गोल गरेकी थिइन् भने दोस्रो गोल ६८औं मिनेटमा लिनेथ बिरेन्स्टाइनले गरेकी थिइन् ।

नेदरल्यान्ड्सले करिब ७० प्रतिशत खेल आफ्नो पक्षमा पारेको भए पनि गोल गर्ने अवसर दुबै टिमले सिर्जना गरेका थिए ।

दोस्रो खेल, डिफेन्डिङ च्याम्पियन संयुक्त राज्य अमेरिका र स्वीडेनबीच अहिले जारी छ । दुबै टिमबाट ८५ मिनेटसम्म कुनै गोल हुन सकेको छैन ।