२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाले बुझायो सभामुख घिमिरेलाई ‘गोैरवमय साँस्कृतिक मानचित्र’



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र’ सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ । सार्वभोैम नेपालको गोैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन नक्सा हस्तान्तरण गरिएको सो पार्टीले जनाएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा,सुरज प्रधान,मिलन परियार, निरञ्जन चापागाँई,चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई गोैरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गरेको हो।

प्राचीन राष्ट्र नेपालको सुगोैली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।

गोैरवमय इतिहासमा ुमानसरोवरदेखि गंगा मैदान सम्मुका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।
विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको प्रवक्ताआशुतोष प्रधानले जानकारी दिनुभयो ।