२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खोलेको सबै फाइलको अनुसन्धान किन अपूरो?– राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकारले खोलेको फाइलहरुमा पूर्ण अनुसन्धान नभएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष लिङदेनले सरकारले नै सदन खोल्न नचाहेको आरोप लगाउदै भने, ‘अहिले फाइल खोलिएकोहरूमा अनुसन्धान भएका सबै विषयमा छानबिन भएका छन् ? के नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईँहरूले गर्नुभएको अनुसन्धान पूर्ण छ ? ललिता निवास जग्गा प्रकरणमा तपाईँको अनुसन्धान अपूर्ण छ, भन्ने अदालतले भन्दियो त – तपाईँहरूले को मान्छे जोगाउनुभएको छ भन्ने कुरा ।’

समिति बन्दैमा सरकार ढल्ने, सबै मन्त्री परिहाल्ने भन्ने नभएको बताउदै उनले सुन प्रकरणमा निष्पक्ष छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे ।