२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तको फिल्म ‘जेलर’ हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा



अ+ अ-

एजेन्सी । भोली अगस्ट १० मा रजनीकान्तको फिल्म ‘जेलर’ रिलिज हुन लागेको छ । यसको अवसरमा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले रजनीकान्तको फिल्म हेर्न १० अगस्तमा बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई टिकट समेत नि:शुल्क दिइएको छ ।

यतिमात्र नभएर फ्यानहरुले फल्मको सफलताको लागि मदुरैस्थित तिरुपरकुण्डम मन्दिरमा बिशेष पुजाआजा गरेका छन् । उनीहरुले केहि नखाई खालि खुट्टामा गई विशेष पुजाआजा गरेका छन् ।

रजनीकान्त २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । ट्रेलरले रजनीकान्तलाई पहिले कहिल्यै नदेखेको अवतारमा देखाइएको छ र एक्शन-प्याक र सस्पेन्सफुल कथालाई संकेत गरेको छ। थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न फ्यानहरु आतुर छन् ।

‘जेलर’ रजनीकान्तको १६९ औँ फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले ‘थलाइवा १६९’ राखिएको थियो । पछि ‘जेलर’ राखियो ।




भर्खरै