२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमालका मौलिक परिकार र सामग्रीले तान्यो दर्शकको मन



अ+ अ-

काठमाडौं । आज २९औँ विश्व आदिवासी जनजाति दिवस देशैभरि यो दिवस मनाइरहँदा कुमाल समुदायले पनि आफ्ना मौलिक खाना, पोसाकसहितका सांस्कृतिक पहिचान प्रदर्शन गरेर काठमाडौँमा यो दिवस मनाएको छ ।

कुमाल समाज नेपाल केन्द्रीय समिति, कुमाल समाज नेपाल काठमाडौँ जिल्ला समिति, कुमाल विद्यार्थी समाज र कुमाल समृद्ध गुठीका झण्डै दुई सय प्रतिनिधि सहभागी भई आफ्नो मौलिक पहिचान र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दिवस मनाइएको कुमाल समाज नेपालका केन्द्रीय महासचिव इ गणेश कुमालले जानकारी दिनुभयो ।

उनीहरूले आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको दिवसको राष्ट्रिय समारोहस्थलमा स्टल नै राखेर काठमाडौँवासीलाई मौलिक परिकार र पहिचान देखाउने प्रयास गरेका थिए । साँझ अबेरसम्म राखिएको स्टलमा माछालगायतका मौलिक रोटी, कालो मासको दालबाट बनाइने फुरौला (बटुक), केराको बुङ्गाबाट बनाइने अचार, तामा र तरुलको तकारी, चुकाउनी, चामलको पिठोबाट बनाइने ढिकर, डाबर साग प्रदर्शन गरी आगन्तुकलाई कुमाल समुदायका मौलिक परिकार पनि चखाएका थिए ।

उनीहरूले खानाका परिकारका साथै कुमाल समुदायले प्रयोग गर्ने मौलिक सामग्री पनि प्रदर्शन गरेका थिए । उनीहरूले स्टलमा प्रदर्शन गरेका माछा मार्ने जाल, माछा राख्ने फुर्लुङ, सिप्रिङ, थुन्छे, ढकी, पानी पर्दा ओड्ने छत्रीमा दर्शकको आकर्षण देखिएको थियो । यो उनीहरूका कामकाजका बेला प्रयोग गर्ने यी मौलिक र नभई नहुने सामग्री हुन् ।

त्यसअघि कुमाल समुदायका प्रतिनिधि काठमाडौँको भृकुटीमण्डपबाट निस्किएको झाँकीसहितको र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीमा भृकुटीमण्डपबाट जाल हान्दै प्रज्ञा प्रतिष्ठानसम्म पुगेको प्रदर्शनीको दृश्यले आकर्षण थपेको थियो । यस्तै माटाको गाग्रो काँधमा राखेर मौलिक झाँकीमा समेत उनीहरू र्‍यालीमा सहभागी भएका थिए । रासस

कुमाल समुदायले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमममा आफ्नौ मौलिक पाङ्दुरे नाच पनि प्रस्तुत गरेका महासचिव कुमालले जानकारी दिनुभयो । उनीहरू कार्यक्रममा सहभागी हुँदा कुमाल समुदायले लगाउने आफ्नो मौलिक पोसाकमा प्रस्तुत भएका थिए ।