२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट अभियन्ता सरस्वती नेपाली सम्मानित



अ+ अ-

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी सरस्वती नेपाली समेत विश्वका छ जनालाई प्रदान गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोससरस्वती नेपालीलाई जातीय विभेद विरोधी अवार्ड प्रदान गर्ने अमेरिकी घोषणा

सीमान्तकृत समुदायको मानव अधिकारका क्षेत्रमा नागरिक समाजका तर्फबाट विशिष्ट योगदान गरेको मन्त्रालयको भनाई छ ।

नेपालबाट पुरस्कृत हुने सरस्वती नेपाली दलित समाज विकास मंचकी अध्यक्ष हुनुहुन्छ । उहाँ दलित समेतका सीमान्तकृत समुदाय, अशक्त तथा गरिबीको चपेटामा रहेका व्यक्ति र समुदायको मानव अधिकारका लागि निरन्तर संघर्षशील रहनु भएको छ ।

सुदूरपश्चिममा जन्मनु भएकी सरस्वती नेपालीले दलित समुदायको सामाजिक न्यायको आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व र सहभागिता जनाउनुका साथै उनीहरुका लागि जमिनको अधिकार दिलाउन, शिक्षामा पहुँच तुल्याउने तथा अदालतबाट न्यायमा समान हासिल गराउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका (मोल्दोभा) पनि पुरस्कृत हुनु भएको छ ।