१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता केसीको शंका: सुन तस्कारीका बारेमा आबाज उठाउने शर्मा पक्राउ पर्नु सयोग मात्र होला र ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले सुन तस्कारीका बारेमा संसदमा सशक्त आवाज उठाउँदै गर्दा सासद सुनिल शर्मा पक्राउ पर्नु संयोगमात्र हो भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक संञ्जालमा केसीले लेख्नुभएको छ ‘संसद मा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुन: युद्धस्तरमा ताते को हो रु या संयोग मात्र हो रु यो गम्भीर र आम चासो को विषय बनेकोछ।’

उहाँले लेख्नुभएको छ-

भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो। त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’अपरेसन ले मा.सुनिल शर्मा लाई पक्राउ गरेको छ। संसद मा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुन: युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासो को विषय बनेकोछ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिजो काठमाडौँबाट नियन्त्रणमा लिएको थियो । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




भर्खरै