२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाञ्चलमा सडक दुर्घटनामा परी ६ प्रहरीको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो ।

ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।