२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार अधिनायकबाद तर्फ उन्मूख हुदैछ: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकबाद तर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो ‘सरकारले विरोधमा बोल्नेलाई हतकडी लगाउने कार्यको सुरु गरेको छ ।’

अध्यक्ष ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप हो ।’

उहाँले भन्नुभयो ‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’

अध्यक्ष ओलीले सुन तस्करीका बिषयमा छानबिन गर्नुको साटो आबाज दबाउने काम भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो ुसंसदमा सत्तापक्षले उठेर प्रतिप्रक्षको आबाज दबाउने कार्य दुनियामा कतै भएको थिएन यहाँ भयो । लोकतन्त्रमा यो भन्दा भद्दा मजाक के हुन सक्छ ?ु

सुन तस्कारीका बिषयमा उच्चस्तरिय आयोग बनाई निष्पक्ष छानबिन गर्ने बिषय कसका लागि आपत्तिको कुरा हो र भन्ने प्रश्न गर्दे ओलीले भन्नुभयो उहाँहरु नै संग्लन हुनुहुन्छ होला त्यसैले आफै छानबिन गर्छौ भन्दै हुनुहुन्छ ।