२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र लिभरपुलले बराबरी खेले



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै सिजनको पहिलो खेलमा अंक बाँडेका हुन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो ।

१८ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ३१ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गरेको गोल र ४० औं मिनेटमा चेल्सीका चिलवेलले गरेको गोललाई भिएआरले मान्यता दिएन । दुवै जना अफसाइड रहन पुगे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टिमले समान एक–एक अंक जोडे ।