२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो स्पर्स



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पर्सले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदान जीटेक कम्युनिटी स्टेडियममा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै स्पर्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा ब्रायन एम्वेउमोले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, योआने वीसाले ३६ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ ले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा एमर्सन रोयलले गोल गर्दै टोटेनहमलाई २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने दुबै टोलीले स्कोर निकाल्न सकेनन् र एक–एक अंक बाँडे ।