२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कब्जियत के हो ? किन हुन्छ ? यस्तो छ उपचार



अ+ अ-

काठमाडौं । धेरै मानिसहरुलाई जिज्ञासा हुनसक्छ कब्जियत भनेको के हो ? कब्जियत भएमा यसको समस्या कहाँ देखापर्छ र यसबाट कसरी छुटकारा पाउन सकिन्छ ।

तपाईलाइ थाहै छ कब्जियतको समस्या पेटसँग जोडिएको भए पनि यसले छाला, कपाल र निद्रा सम्म बिगार्न सक्छ । कब्जियत भन्नाले मलत्याग गर्न समस्या आउनु हो । 

चौबीस घन्टामा एकपटक मलत्याग गर्न जरूरी रहेको स्वास्थ्य विज्ञानको भनाइ छ । तपाईंलाई कब्जियतको समस्या छ भने हामी यहाँ केही घरेलु उपायहरू सुझाउनेछौं ।

तरल पदार्थ पिउने, गिलो खानेकुरा खाने र खिचडी, सूप आदि उत्तम हुन्छन् । रामतोरिया पनि कब्जियतको राम्रो उपचार हो । 

राति किसमिस, अँजीर र सुक्खा आलुबखडा भिजाएर भोलिपल्ट बिहान खाँदा पनि राम्रो हुने गरेपनि तातो दूध, केसर, बेसार र घ्यू पनि खाने गर्नुस् । 

तातोपानी नियमित सेवन गरिरहेने हो भने कब्जियतबाट राहत पाइन्छ । यस्ता मानिसहरुले सुक्खा कुराहरू खान हुँदैन । जस्तो, पपकर्न वा क्य्राकर । 

गर्मीमा मानिसहरू कोल्ड ड्रिंक वा बरफ हालेको पानी पिउँछन् । यसले कब्जियत बढाउने मात्र नभई पाचन प्रक्रिया पनि बिगार्छ । 

अनि वज्रासन, पवनमुक्तासन, वक्रासन लगायतका योगासनले पनि कब्जियतबाट राहत दिलाउँछन् ।