२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठमा, के-के भयो कुराकानी ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रचण्ड देउवालाई भेट्न ६ बजे बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका छन्। राष्ट्रिय सभाको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा उनीहरुबीच करिब आधा घण्टा छलफल भएको स्रोतले बतायो ।

यसअघि अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता र हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवासँग छलफल गरेका थिए ।