२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौ ।  प्रतिनिधिसभाको बैठक बस्नु अघिहिजो गरिएको पि सि आर परीक्षणमा चार सांसदको कोरोना सक्रमति भएको रिपोर्ट आएको छ । संक्रमित हुनेहरुमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

यसै गरी संसद सचिवालयका दुई कर्मचारीको पनि रिपोट पोजेटिभ आएको सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सभामुख सापकोटा र  उहाँको सचिवालयमा कार्यरत सबैको पिसिआर परीक्षण नेगेटिभ आएको छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि स्वाव संकलन गरेको थियो ।  

स्वाव संकलनका कार्य   विहिबारका पनि जारी छ । अहिले नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाव संकलन जारी छ । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ ।