३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो ।

गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ ।

तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताउनुभयो ।

बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गीतकार एवं चिकित्सक डा भोला रिजाल, गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताउनुभयो  । रासस