२६ असार २०८३, शुक्रबार
,
Latest
मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन पनि सुनसान



अ+ अ-

काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका शुन्यप्रायः बनेको छ । बिहीबारदेखि शुरु भएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । सडकमा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् ।

अत्यावश्यक सेवा बाहेकका नीजि सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । यद्यपी, अत्यावश्यक सेवा तथा खुलेका कार्यालयका कर्मचारीहरु भने फाट्टफुट्ट सडकमा देखिने गरेका छन् ।

उपत्यकाका भित्री सडकहरुपनि सुनसान जस्तै बनेका छन् । काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुलेका छन् । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ ।

सडकमा सञ्चालनमा आएका सवारी साधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् । काठमाडौं उपत्यका कारोना संक्रमणको उच्च जोखिममा रहेका कारण बिहिबारदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको हो ।