२६ असार २०८३, शुक्रबार
,
Latest
दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । 

यस्तै सम्पूर्ण नगरबासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घर वा चोकमा अनावश्यकरूपमा भीडभाड नगर्न, जुवातास नखेल्न तथा मदिरा सेवन नगर्न आग्रहसमेत गरेको छ । 

चन्द्रागिरिले बिहान बेलुका सञ्चालन हुने पसलमा जाने सेवाग्राहीले साबुन पानीले वा सेनिटाइजरले हात धुने व्यवस्था गर्ने, बिक्रेता तथा सेवाग्राहीले अनिवार्यरूपमा मास्क्को प्रयोग गर्ने व्यवस्थासमेत मिलाएनुपर्ने बताएको छ । 
    
निषेधाज्ञाको समयमा चन्द्रागिरिका वडा कार्यालय भने खुल्ने भएका छन् । सेवाग्राहीको अत्यावश्यक सेवालाई ध्यानमा राखेर आलोपालो नगरपालिका तथा वडा कार्यालय खोल्ने बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।