२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथप्रति माधव नेपालको कटाक्ष: ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर भन्दैनन्



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गर्नुभएको थियो ।

अध्यक्ष नेपालले गर्नुभएको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् । सोही प्रसंगलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनु भयो । उहाँले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताउनु भयो । उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ति समस्याहरु पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरु छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढंगले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हीत चाहने एक ढंगले र अहीत चाहने अर्को ढंगले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै उहाँले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताउनु भयो । उहाँले खाद्यान्न उत्पादन, कृषि उत्पादन,कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिनुभयो । उहाँले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि उत्पादनमा नेपाललाई राम्रो क्याटोगोरीको देशमा लैजान सकिन्छ । खाद्यान्न उत्पादनको हिसावले, कृषि उत्पादनको हिसावले, कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले, कृषि र वन यो दुवै क्षेत्रको व्यापक विकास गर्ने हिसावले विशाल सम्भवना नेपालमा छ । यो सम्भावनालाई ध्यानमा राखेर हामीले कृषिको विकासमा जोड दियाँै भने, हामीले न्युनतम चिजहरु पनि आयात गर्ने स्थितिलाई अन्त्य गर्नुपर्छ । एक समय धानको निर्यात गर्ने देश आयात गर्ने अवस्थामा पुगिरहेको कुरा छ । यी सबैकुरा देशको अर्थतन्त्रलाई बलियो बनाउने कुरासँग जोडिएको छ । यो राष्ट्रिय हीतसँग जोडिएको कुरा हो । नेपालमा कसैले सेनाको आवश्यकता छैन भन्छन् । के नेपालमा सेनाको आवश्यकता छैन । यत्रो ठूलो संख्यामा सेना राख्नु हुँदैन भननेकुरा पनि उठाउँछन् । हामी यसमा क्लियर हुनसक्यौँ भने , विभिन्न देशको अध्ययन गर्ने हो भने आर्मी, पुलिस सशस्त्र प्रहरीको संख्या ठिक छ भन्ने निस्कर्षमा पुग्छौँ ।’

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो ।




भर्खरै