२६ असार २०८३, शुक्रबार
,
Latest
दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ मा आज २५६ सङ्क्रमित थपिए



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज २५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका १२० मध्ये विराटनगरमा १०५, झापामा ५०, सुनसरीमा ४७,  ताप्लेजुङमा १२, इलाममा दुई, उदयपुर र भोजपुरमा एक÷एक तथा प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण  देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ९० पुगेको छ भने सङ्क्रमितमध्ये ३० हजार छजना सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३७७ पुगेको छ । सोही अवधिमा प्रदेशमा ८४३ जनाको पीसीआर परीक्षण गर्दा ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयले जनाएको छ । विराटनगरमा मङ्गलबार ६४ जना सङ्क्रमित भएका थिए ।