२६ असार २०८३, शुक्रबार
,
Latest
बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ मा १८८ सङ्क्रमित थपिए, कुन जिल्लामा कती



अ+ अ-

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटामा पाँच, इलाम र उदयपुरमा चारचार, भोजपुर, ताप्लेजुङमा, सङ्खुवासभा र खोटाङमा एकएक र प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ८३४ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९७७ सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३७३ पुगेको छ । सोही अवधिमा प्रदेशमा ७७४ को पिसिआर परीक्षण गर्दा ७१ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ९० जना सङ्क्रमित भएको थियो ।