२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभामा कोरोना पोजेटिभ सांसदले मतदान गर्न पाउने



अ+ अ-

कास्की । गण्डकी प्रदेश सभामा सांसदहरूले कोरोना परीक्षण गर्न पाउने निर्णय भएसँगै प्रदेशसभाको बैठक नियमित भएको छ । 

सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले सांसदहरूको कोरोना परीक्षण गर्न माग गरेपछि बैठक केहीबेर अबरुद्ध हुन पुगेको थियो ।

सांसदहरूको कोरोना परीक्षण र नतिजा आउन्जेलसम्मको अवधि कुर्दै भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आज बसेको कार्य व्यवस्था समितिको बैठकले साँझसम्म सबै सांसदको पीसीआर परीक्षण गर्ने, पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने तर भोटिङ गर्न पाउने निर्णय गरिएको छ । 

सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेस गरिएको छ भने भोलि (बुधबार)को बैठकमा मतदानको कार्यसूची रहेको छ ।




भर्खरै