५ असार २०८३, शुक्रबार
,
Latest
शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै भाइले ज्यान मार्ने धम्की दिएको भन्दै रौतहटका साहद्वारा जीउज्यानको सुरक्षा माग



अ+ अ-

काठमाडौं । आफ्नै भाईले सम्पति हत्याउन जबरजस्ती कागज गर्न दबाब दिएको भन्दै रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर–५ का ७२ वर्षीय रामचन्द्र साह तेलीले आफू र आफ्नो परिवारका सदस्यहरुको जीउज्यानको सुरक्षा माग गर्नुभएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तेलीले कान्छो भाई श्यामसुन्दर साह तेलीले प्रहरी लगाएर जग्गा फिर्ता गर्न दबाब दिएर सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिँदै आएको सुनाउनुभएको हो ।

‘हामी सबै परिवार ६ महिनादेखि बाहिरै–बाहिरै भागेका छौ ।’ तेलीले भन्नुभयो,‘झुटा मुद्दा चलाउन प्रहरीले धम्की दिइरहेको छ ।’ उहाँले बाहिर बस्दा प्रहरीले फोन गरेर घरमा बोलाउने र घरमा जाँदा प्रहरीले नै जग्गा फिर्ता गर्न दबाब दिने गरेको पनि गुनासो पोख्नुभयो । तेलीले भन्नुभयो,‘यो जग्गा मेरो बुवाले मेरी श्रीमती (बुहारी) को नाममा स्याहारसुसारवापत दिएको जग्गा हो ।’ बि.सं. २०७१ सालमा बुवा रामदेव साह तेलीले आफ्नी श्रीमती शान्तिदेवी तेलीलाई आफूहरुको स्याहारसुसार गरेवापत पाँच विघा जग्गा पास गरिदिएको रामचन्द्रले स्मरण गराउनुभयो ।

रामचन्द्र साह तेलीले अंशवण्डा भएको करिब २६ वर्ष पछि भाई श्यामसुन्दर साह तेली र उहाँका तीन जना ज्वाँईहरू राजिव साह, विनोद प्रसाद साह र रविन्द्र प्रताप साहले आफू र आफ्ना परिवारका सदस्यहरुको ज्यान मार्ने धम्की दिएको सुनाउनुभयो । २०६१ सालमा माओवादी द्धन्द्धकालमा चन्दाको प्रलोभनमा पारी भाईले बुवा र मसँग जबरजस्ती कागज गराएको र बुवाको निधनपछि फिर्ता गर्ने शर्तनामा बनाएको पनि उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘तत्कालिन माओवादी पार्टीका केही व्यक्तिहरु ल्याई घरसमेत घेरा हाली सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिएपछि डराएर वुवा रामदेव साह तेली र मैले दबाबमा जवरजस्ती सहमतिको कागजमा सहि गरेका थियौं ।’

कार्यक्रममा रामचन्द्र साह तेलीका २९ वर्षीया छोरा रामगोविन्द साह तेलीले काकासँग २०३५ सालमा बुवाहरुको अंशवण्डा भएको र भिन्न भई बस्दै आएको बताउनुभयो । तेलीले आफूसँग बस्दै आउनुभएका हजुरबुवा रामदेव साह तेलीको २०७५ सालमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘२०५८र०५९ सालमा हजुरबुवाले काका श्यामसुन्दर र उहाँकी छोरी रञ्जु साहलाई दुई विघा १५ कठ्ठा जग्गा अंश दिनुभएको थियो । तर, बुवाहरुको अंशबण्डा त २०३५ सालमै भएको थियो ।’

उहाँले सोही कागजकै आधारमा करिब १६ वर्षपछि जिल्ला प्रशासन कार्यालय, रौतहटमा राजनीतिक दवावमा काकाले कथित उजुरी दर्ता गराएको सुनाउनुभयो । उहाँले श्यामसुन्दर साह तेलीकी पत्नि मिना कुमारी देवीले आफुमाथि रौतहट जिल्ला अदालतमा अंश चलन र श्यामसुन्दर साह तेलीले अबण्डा जग्गा वण्डा दुषित लिखत बदर गरी पाऊँ भनी मुद्दा दायर गरेको बताउनुभयो ।

राजनितिक दवावमा नितान्त निजि स्वास्र्थको लागि २०७७ मंसिर महिनामा आफुलाई प्रहरीले पक्राउ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘करिव ५र६ महिना अर्थात २०७७ मंसिर महिना देखी नै सबै परिवारलाई तनावमा वाँच्न वाध्य बनाएको छ ।’  उक्त जग्गाविवादसम्बन्धी मुद्दा जिल्ला अदालत, रौतहटले हेरिरहेको पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो,‘दुई वर्षदेखि मुद्दा चलिरहेको छ । फैसला भएको छैन् । सिडिओले नै उल्टै आफूहरुमाथि झुठा मुद्दामा फसाएर भित्र हाल्छु भन्नुभयो ।’ रौतहटका सिडिओ ईन्द्रदेव यादव आफ्ना काका श्याम सुन्दरसँग मिलेको आरोप छ ।

उहाँले परिवमार बुवा, आमा, दुई दाजुभाई, श्रीमती रहेको सुनाउनुभयो । र, अहिले आमा दिदिको घर रौतहटमै बसेको र आफू र बुवा काठमाडौंमा दाजुसँग डेरामा बस्दै आएको सुनाउनुभयो । र, उहाँले आफ्नी श्रीमती भने माईतीमा रहेको जनाउनुभयो । उनले सरकारसमक्ष आफ्नो परिवारका सदस्यहरुको शान्ति, सुरक्षा र जीउज्यानको सुरक्षा पाउँ भन्दै गुहार गरेका छन् ।