२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्न अफगानिस्तानको टोली भारत पुग्यो



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तान क्रिकेट टोली आज मंगलबार (२६ सेप्टेम्बर)भारत पुगेको छ ।

विश्वकप २०२३ अक्टोबर ५ बाट खेलिनेछ । अफगानिस्तानको टोलीले भारत पुगेपछि सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गरेको छ । जानुअघि पनि टोलीले सामाजिक सञ्जालमा थुप्रै तस्बिर शेयर गरेको थियो ।

अफगानिस्तानको टोलीले विश्वकप सुरु हुनुअघि दुई अभ्यास खेल खेल्नेछ । पहिलो खेल २९ सेप्टेम्बरमा दक्षिण अफ्रिका र दोस्रो खेल ३ अक्टोबरमा श्रीलंकासँग हुनेछ ।

अफगानिस्तानको पहिलो खेल बंगलादेशसँग र दोस्रो खेल भारतसँग हुनेछ । भारत र अफगानिस्तानबीचको खेल अक्टोबर ११ मा दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । अफगानिस्तानले सेमिफाइनलअघिको अन्तिम खेल नोभेम्बर १० मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।