२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको पुनरागमन जित, भारत ६६ रनले पराजित



अ+ अ-

अस्ट्रेलिया र भारतबीचको तेस्रो एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको छ । लगातार पाँच एकदिवसीय खेल हारेको अस्ट्रेलियाले आज राजकोटमा भएको दिवारात्रि खेलमा भारतलाई हराएको हो ।

अस्ट्रलियाले प्रस्तुत गरेको ३५३ रनको विशाल लक्ष पछ्याएको भारतले सबै विकेट गुमाएर २८६ रन मान बनाएको थियो । अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका शुभमन गिललाई विश्राम दिएको भारतका लागि कप्तान रोहित शर्माले पालिको सुरुआत गरेका थिए ।

कप्तान शर्माले ग्लेन म्याक्सवेलको बलमा आउट हुनुअघि ८१ रनको महत्वपूर्ण पालि खेलेका थिए । अन्य ब्याट्सम्यानहरुमा वासिङटन सुन्दरले १८, बिराट कोहलीले ५६, श्रेयस ऐयरले ४८, रबिन्द्र जडेजा ३५, केएल राहुलले २६ रनको योगदान गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि माथिल्लो क्रमका सबै ब्याट्सम्यानले राम्रो योगदान गरेपछि अस्ट्रेलियाले भारतसामु विशाल लक्ष प्रस्तुत गर्न सकेको थियो । अस्ट्रेलियाले समग्रमा सात विकेट गुमाएर ३५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५६, मिचेल मार्सले ९६, स्टिभन स्मिथले ७४, मार्नस लाबुसाग्नेले ७२ रनको योगदान गरेका थिए ।

यद्यपी भारतले तीन म्याचको यस एकदिवसीय शृंखला २–१ ले जितेको छ । यसअघिका दुबै खेल भारतले जितेको थियो ।

भारतमा आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलका रुपमा यी दुई टिमबीच खेल भएको हो । अब भारत र अस्ट्रेलियाबीच आगामी बिहीबारदेखि पाँचवटा टी२० क्रिकेट प्रतियोगिता भारतमै हुनेछन् । एजेन्सी




भर्खरै