५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्रमित बढी भएका जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको सुझाव (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ । 

संघको सोमबार बसेको बैठकले अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भइरहेकोले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो । यस्तै कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल तोक्न पनि माग गरेको छ ।

अहिले भइरहेका अस्पतालहरुमा विरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य विरामीलाई अत्यावस्यक भएको बेलामा मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ । संक्रमितको संख्या धेरै भएका ठाउँमा मेडिकल इमरजेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिएको छ ।

संघले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि बीमाको व्यवस्था सहित उपचारको ज्ञारेन्टी लिन पनि माग गरेको छ । यस्तै नागरिकलाई सामाजिक दुरी, मास्क र सेनिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ । भिडभाडमा नजान र घर बाहिर ननिस्कन पनि अपील गरेको छ ।