२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन् ?



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। सोमबार बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
   
गृह मन्त्रालय स्रोतका अनुसार १६ गतेदेखि लागू हुने निषेधाज्ञामा काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिएपनि एम्बुलेन्स, शव वाहन, दमकल, प्रेसलगायतका गाडी चल्न पाउने भएका छन् । 

उपत्यकामा अत्यावश्यक कामबाहेक हिँडडुलमा कडाइ गर्ने निर्णय गरिएपनि खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।

यस्तै होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने, सरकारी कार्यालय खुल्ने, बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।