२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्क रुबियो: सबैभन्दा धेरै पृथ्वीको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यात्री



अ+ अ-

अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ३७१ दिन बिताएर फर्किएका छन् । उनी सबैभन्दा धेरै समय अन्तरिक्षमा बिताउने अमेरिकाका पहिलो अन्तरिक्ष यात्री बनेका छन् ।

तर, अहिलेसम्म आईएसएसमा सबैभन्दा धेरै समय बिताउने कीर्तिमान रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको नाममा छ । उनले आईएसएसमा ४३७ दिन बिताएका थिए । यी अन्तरिक्ष यात्रीको निधन भइसकेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात् आईएसएसमा सबैभन्दा लामो समय बसेर कीर्तिमान बनाएका छन् । बुधबार रुबियोलाई सोयुज एमएस–२३ क्याप्सुलबाट पृथ्वीमा ल्याइएको थियो ।

रुबियोसँगै फर्किनेहरूमध्ये रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेभ र दिमित्री पेटलिन पनि थिए। तीनै अन्तरिक्ष यात्री बोकेर पृथ्वीमा फर्किएको सोयुज एमएस–२३ क्याप्सुल बुधबार साँझ कजाकिस्तानको मरुभूमिमा अवतरण भएको थियो। नासाका रुबियो र अन्य दुई अन्तरिक्ष यात्रीले बुधबार बिहान ३ः५४ मा पृथ्वीको यात्रा सुरु गरेका थिए ।

उनीहरुको क्याप्सुल साँझ ५ः१७ बजे कजाकिस्तानको मरुभूमिमा अवतरण भएको थियो । अन्तरिक्षमा सबैभन्दा लामो समय बिताएर फर्कने रुबियो पहिलो नासा अन्तरिक्ष यात्री बनेपछि उनको अहिले सबैभन्दा बढी चर्चा भइरहेको छ । रुबियोले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा कूल ३७१ दिन बिताए । यसअघि यो कीर्तिमान अमेरिकी अन्तरिक्ष यात्री मार्क भान्डे हेईको नाममा थियो । उनले लगातार ३५५ दिनसम्म अन्तरिक्षमा बिताएका थिए । गत वर्ष मात्र कीर्तिमान बनाएका हेईलाई बुधबार रुबियोले तोडेका थिए ।

पृथ्वीमा फर्किएपछि रुबियोले अन्तरिक्षमा बस्न सजिलो नभएको बताएका छन् । उनका अनुसार त्यहाँ बस्नका लागि एक अन्तरिक्ष यात्रीले आफ्नो परिवारसहित धेरै कुरा त्याग गर्नुपर्ने हुन्छ । “यो मेरो सौभाग्य हो कि मैले नयाँ कीर्तिमान बनाउन सकेँ”, उनले भने । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा पूरा गर्छ।

नासाद्वारा जारी विज्ञप्तिअनुसार फ्रान्क रुबियोले आईएसएसमा आफ्नो ३७१ दिनको अवधिमा करिब ५९३६ पटक पृथ्वीको परिक्रमा गरेका थिए । यस अवधिमा उनले १५ करोड ७४ लाख १२ हजार ३०६ माइलको यात्रा गरेका छन् । यदि यसलाई चन्द्रमाको यात्रासँग तुलना गर्ने हो भने ३२८ पटक चन्द्रमामा गएर पृथ्वीमा फर्कन सकिन्छ। वास्तवमा रुबियोलाई १८० दिनका लागि लागि अन्तरिक्ष अभियानमा पठाइएको थियो, ।तर उनको अन्तरिक्ष यान जंकसँग ठोक्किएपछि यानको कुलिङ सिस्टम बिग्रिएको थियो ।

त्यसैले उनी लामो समयसम्म अन्तरिक्ष स्टेशनमा बस्नुपरेको थियो । अन्तरिक्षमा सबैभन्दा लामो लगातार दिन बस्ने कीर्तिमानको उपाधि उपाधि अझै पनि भ्यालेरी पोल्याकोभको नाममा छ । भ्यालेरी एक रूसी अन्तरिक्ष यात्री थिए । उनी सन् १९९४ जनवरी ८ देखि सन् १९९५ मार्च २२ सम्म अर्थात ४३७ दिनसम्म अन्तरिक्षमा बसेका थिए।

भ्यालेरीले पृथ्वीको वरिपरि कुल सात हजार पटक परिक्रमा गरेका थिए । भ्यालेरी पेशाले चिकित्सक थिए । उनी मानिस लामो समयसम्म अन्तरिक्षमा बाँच्न सक्छ भन्ने देखाउन चाहन्थे ।

उनको गत वर्ष ८० वर्षको उमेरमा मस्कोमा निधन भएको थियो । फ्रान्क रुबियोसँग अन्तरिक्ष स्टेशनबाट फर्केका सर्गेई प्रोकोपेभ र दिमित्री पेटलिनले पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक वर्षभन्दा बढी समय बिताए।

एक वर्षभन्दा बढी अन्तरिक्षमा बिताउने उनीहरु क्रमशः छैटौँ र सातौँ अन्तरिक्ष यात्री हुन् । फ्रान्क रुबियो अमेरिकाको सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा सेवा गर्ने अन्तरिक्ष यात्री भए पनि समग्रमा उनी तेस्रो स्थानमा छन्।

-एजेन्सीको सहयोगमा