२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै मापदण्ड पूरा नगरी सिधै भारतबाट घर



अ+ अ-

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्  । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । 

प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो ।

अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । 

सङ्क्रमितको सङ्ख्या बढ्दै

जाजरकोटमा विगत दुई दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र सङ्क्रमितको २० नाघेको छ । कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ । 

अधिकांश डोल्पा यार्सा सङ्कलनतिर 

भारतबाट कमाइ नभएको भन्दै केही सर्वसाधारण उपल्लो डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । नाकामा जाँच नहुँदा जहाँ गए पनि स्वतन्त्र भएका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन् ।