१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित



अ+ अ-

नेपालले माल्दिभ्सलाई एसियाड क्रिकेट अन्तर्गत चीनको हाङझाउमा भएको खेलमा १३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको २१३ रनको विशाल लक्ष पछ्याएको माल्दिभ्स टिम १९.४ ओभरमा ७४ रनमै समेटिएको थियो । नेपालका लागि अभिषेक बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए । माल्दिभ्सका ६ खेलाडी बिना कुनै स्कोर पवेलियन फर्किएका थिए ।

नेपालका बलरहरू सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए । माल्दिभ्सका लागि मुभिथ गान्नीले सर्वाधिक ३६ रन बनाएका थिए ।।

यसअघि नेपालका ब्याट्सम्यान रोहित पौडेलको ५२ र कुशल मल्लको तुफानी ४७ रनको मद्दतले नेपालले २० ओभरमा २१२ रन बनाएको थियो ।

यो जितसँगै नेपाल आफ्नो समूहमा पहिलो हुँदै दोस्रो राउन्डमा पुग्न सफल भएको छ । नेपालको समूहमा मंगोलिया र माल्दिभ्स थिए ।

नेपालको स्कोरबोर्डः

कुशल भुर्तेलः ३५ रन

आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १