२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीएमसीको बैठक सिंहदरबारमा शुरु, लकडाउन बारे छलफल हुँदै



अ+ अ-

काठमाडौं । कोभिड १९ रोकथाम समन्वय केन्द्र, सीसीएमसीको आज अपरान्ह सिंहदरबारमा जारी बैठकमा देशका कोरोनाबाट अति प्रभाजि जिल्लामा आंशिक रुपमा लकडाउनका लागि सिफारिस गर्ने बारेमा छलफल भइरहेको छ । 

खासगरी हाल कोरोना महामारीका विषयमा आवश्यक छलफल र निर्णय गर्न बसेको सो बैठकले अति प्रभावित रहेका काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्न सिफारिश गर्नसक्ने अनुमान गरिएको छ ।  

पछिल्ला केही दिनमा कोरोना महामारी बृद्धि भइरहेको छ । यो महामारीको रोकथामका लागि लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयले दिएको छ । 

यसअघि सरकारले विद्यालय तथा कलेजहरु बन्द गरिसकेको छ । अब देशभर या केही हटस्पट भएका क्षेत्रमा मात्र लकडाउन गर्ने भन्ने बारेमा यस समितिले सिफारिश गर्नसक्ने बताइएको छ । त्यसपछि नेपाल सरकार मन्त्रिपरिषदले यस सिफारिशपछि आवश्यक निर्णय गर्नेछ ।