काठमाडौं । आज नेकपा एमालेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन्।
ओलीले आकस्मिक रूपमा यो बैठक राखेका हुन्। यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।











