२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपालकी रसिला प्रिक्वाटरफाइनलमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकल प्रतियोगितामा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन् ।

मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै रसिलाले अन्तिम १६ मा स्थान बनाएकी हुन् ।

यता नेपाल कै अनुमाया राई भने अगाडि बढ्न सकिनन् । उनी थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा पराजित भएकी हुन् ।

यसअघि एकल पुरुष मा नेपालका दुवै खेलाडी अन्तिम ६२ अर्थात पहिलो चरणबाटै बाहिरिएका थिए। महिला डबल्समा पनि दुवै जोडी अन्तिम ३२ बाटै बाहिरिएका छन्। निता लम्साल र नंशल तामाङको जोडी ताइपेईसँग तथा अनुमाया राई र रसिला महर्जनको जोडी इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो।