२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको भावना अनुसार नै फागुन १ गते सार्वजनिक बिदा निर्णय गरिएको होः ऊर्जामन्त्री बस्नेत



file
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध शुरु गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उलंघन गरेको बताएपछि उहाँले सो जवाफ दिनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णयलाई संविधान विपरित भन्नु तर्कसम्मत नभएको जिकिर समेत गर्नुभयो । उहाँले संविधानको भावना र अक्षरहरुलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्नसक्ने चेतावनी समेत दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘संविधानको भावना र अक्षरहरुलाई हामीले सम्मान गर्न सकेनौ भने त्यतिखेर संविधान दुर्घटनाको जोखिम बढन सक्ने हुन्छ । मैले यसोअघि यहाँ संविधानको बारेमा चर्चा हुँदैगर्दा फागुन १ गते सरकारले बिदा घोषणा गरेको सन्दर्भमा चर्चा भईराख्दा अलिकति मैले त्यो बारेमा सोचे । हाम्रो संविधानको प्रश्तावनाको दोस्रो प्यारामा प्रष्ट रुपमा लेखिएको रहेछ–त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहीद बेपत्ता एवं पीडित नागरिकहरुलाई सम्मान गर्दै भन्ने कुरा हाम्रो संविधानको प्र्रश्तावनामा लेखिएको छ ।

तर अव त्यसको सम्मान किन गरिएको, स्मरण किन गरिएको ? यसो भयो भने संवैधानिक दुर्घटना हुन्छ, संविधानको यो खिलाफमा हुन्छ भन्नेकुरा त्यति तर्कसंगत जस्तो लाग्दैन । किनकी, हामीले संविधानको सम्मान र भावनाको कदर गरेर मात्र हामी संविधानको रक्षा गर्नसक्छौं । ’

मन्त्री बस्नेतले सरकारले संविधान अनुकुल हुनेगरी कानून निर्माणको कामलाई तिब्रता दिएको पनि बताउनु भयो ।