२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनल फ्रेन्च क्लब लेन्ससँग २–१ गोलले पराजित भएको हो । पाहुना टोली आर्सनलले खेलको १४ औं मिनेटमा गाब्रियल जेससको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

तर घरेलु मैदानमा खेलको २५ औं मिनेटमा एड्रियन थोमासनले र ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए । यो नतिजासँगै समूह बी मा लेन्स २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा आर्सनल ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा सेभिया र पिएसभीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सेभिया २ अंकका साथ तेस्रो तथा पिएसभी एक अंकका साथ चौंथो स्थानमा रहेको छ ।

यसैगरी, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा टर्कीस क्लब गालाटासारेसँग ३–२ गोलको हार ब्यहोर्यो । युनाइटेडका लागि खेलको १७ औं र ६७ औं मिनेटमा रासमस होज्लन्डले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाहुना टोली गालाटासारेका लागि २३ औं मिनेटमा विल्फ्रेड जाहा ७२ औं मिनेटमा मुहमेद करिम अक्टरकोग्लुले र ८१ औं मिनेटमा मोउरो इकार्डीले गोल गरे ।

यो नतिजासँगै समूह ए मा गालाटासारे २ खेलबाट ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा अंकविहिन रहेको युनाइटेड तालिकाको पुछारमा छ ।