२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीमा सेवारत राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा गरिएको हो ।

क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)ले उनलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

एसियाली खेलकुदमा दीपेन्द्रले मङगोलियाविरुद्ध मात्र नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरेका थिए । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरी कीर्तिमानी बनाएका थिए ।

 




भर्खरै