२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पद जोगाइ पाउँ भन्दै नेपालसहित २७ नेता सर्बोच्चमा



अ+ अ-

काठमाडौ ।   नेकपा एमालेका २७ जना सांसदले आफूहरुको सांसद पद खारेजी गर्ने प्रक्रिया रोक्न माग गर्दे सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

एमाले नेता तथा सांसदहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावल सहित २७ जनाले सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेअन्तरिम आदेशको माग गर्दे रिट दर्ता गराएका हुन् ।

आफुहरुलाई दल त्याग गरेको भनी कारवाही गर्न सक्ने आशंका भएको भन्दै सो कार्य रोक्न र यदी कारबाही गरे त्यो प्रक्रिया अघि नबढाउन संसद सचिवालयका नाममा परमादेश जारी गर्न पनि रिटमा गरिएको छ । उनिहरुले  निर्बाचन आयोगमा कायम रहेको नेकपा एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने आदेश दिन समेत माग गरेका छन् ।

बुधबार नै रिट दर्ता गर्न खोजे पनि नमिलेका कारण बिहिबार रिट दर्ता भएको हो ।  रिटको प्रारम्भिक सुनुवाईका लागि आईतबारलाई पेशी तोकिएका छ ।