२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बीचको भेटवार्ता सकियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (बिहीबार) पनि भेटवार्ता भएको छ । करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्साल स्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । 

त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच सोही होटलमै करिब डेढ घण्टा कुराकानी भएको छ  । कुराकानी सकारात्मक रहेको प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताउनु भयो । आफू दुई नेता बीचको वार्तामा नबसेको भएपनि वार्ता पछि दुवै नेताहरु प्रफुल्ल भएर निस्किएको देखिएकोले वार्ता सकारातमक भएको अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

वार्ता सकारात्मक भएको र अव फेरी पनि एक दुई दिनमा वार्ता हुने दुगडले बताउनुभयो । एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला पार्टीका प्रमुख दुई नेताबीच बुधबार यता दोस्रोपटक भेटवार्ता भएको हो ।