३० जेष्ठ २०८३, शनिबार
,
Latest
राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकर जोडी आयुष र एलिजेको दुबईमा ईन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुई जोडीले ईन्गेजमेन्ट गरेका हुन् । ईन्गेजमेन्टकै लागी भनेर केही दिन अघि नै आयुष दुबई उडिसकेका थिए ।

यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन् । दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी जनाएका छन् । एलिजे सधैँ बुर्कामा नै हुने भएकाले अहिलेसम्म उनको अनुहार ‘रिभिल’ भएको छैन ईन्गेजमेन्टको क्लिप्सहरुमा समेतएलिजेको अनुहार देखाईएको छैन ।

एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन् । यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए ।

आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारसँगै नेपाल आएकी थिईन् । उनले नेपालका विभिन्न ठाउँहरु आयुषसँगै घुमेकी थिइन् ।