१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः पाकिस्तानद्वारा नेदरल्यान्ड्स ८१ रनले पराजित



अ+ अ-

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

हैदराबादमा भएको दिवारात्रि खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २८७ रनको चुनौतीपूर्ण लक्ष दिएको थियो । पाकिस्तानका माथिल्लो क्रमका तीन ब्याट्सम्यान सस्तैमा बाहिरिए पनि मोहम्मद रिज्वानले ६८ तथा साउद शकिलले पनि ६८ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर खडा गरेको थियो ।

अन्य ब्याट्सम्यान मोहम्मद नवाजले ३९ तथा शादाब खानले ३२ रनको महत्वपूर्ण पालि खेलेका थिए ।

नेदरल्यान्ड्सका बास डी लीडले ४ विकेट लिएका थिए । साथै कोलिन एकरम्यानले २, आर्यन दत्त, लोगान भान बीक र पल भिकेरेनले समान एकएक विकेट लिएका थिए ।

जवाफमा नेदरल्यान्ड्सको टिम ४१ ओभरमा २०५ रन बनाउँदै अलआउट भएको थियो । विक्रम सिंहले ५२, बास डी लीडले ६७ रन बनाए पनि नेदरल्यान्ड्सका ब्याट्सम्यानहरू नियमित अन्तरालमा बाहिरिए पछि पाकिस्तानले प्रस्तुत गरेको चुनाैती चुम्न असफल भएको थियो ।

यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ ।




भर्खरै