२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सखुवानानकारकट्टीका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

लहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

आगलागीमा रु १५ लाख क्षति

विद्युत् चुहिएर आज बिहान सिरहाको मिर्चैया नगरपालिका–६ जीवामा आगलागी हुदाँ करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा कार र विङ्गर आपसमा ठोक्किँदा आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१ज ८८८५ नंको टाटा विङ्गर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–०२२च२५३६ नंको कार आपसमा ठोक्किँदा कारमा सवार दुई र विङ्गरमा सवार पाँच यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस




भर्खरै