२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोड्दैनौँ- प्रचण्ड (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ । लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो । 

कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाउनुभयो । कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो । अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताउनुभयो । तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरुलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो ‘अरु कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरुलाई एकतावद्ध गर्ने, अहिले जवरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिष्टहरुलाई पनि एकतावद्ध गर्ने, मोर्चावद्ध गर्ने भूमिका छोड्न हुँदैन ।

गल्ति भएको थियो कि एकता गर्ने भन्ने सचेचियो भने गलत हन्छ । हामीले एकता गरेर गल्ति गरको होइन । हामीले बिल्कुलै सही गरेका थियौं । अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन । हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौं । गलत प्रवृतिको नायकलाई गलत्याएका थियौं । तर विदेशी शक्तिको आडमा कानून मिच्ने, संविधान मिच्ने सबै मूल्य मान्यता मिच्ने काम भएको छ । यो कुरा नेपाली जनताले बुझ्ेको छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको विरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो । अझैपनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोड्न नहुने बताउनुभयो । पार्टीका सबै नेता कार्यकर्ताहरुलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आह्वान गर्नुभयो ।