१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा श्रीलंका १०२ रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा दक्षिण अफ्रिकाका तीन खेलाडीले बनाएको शतकको मद्दतले श्रीलंकालाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४२९ रनको विशाल लक्ष पछ्याउने क्रममा श्रीलंकाले जबर्जस्त ब्याटिङ गरी ३२६ रन बनाएको थियो, तर यो जितका लागि पर्याप्त भएन । श्रीलंकाको टोली ४४.५ ओभरमा अलआउट भएको थियो ।

यसअघि टस जितेर श्रीलंकाले दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर यो निर्णय श्रीलंकाका लागि घातक साबित भयो । दक्षिण अफ्रिकाका तीन खेलाडीले शतक प्रहार गरेका थिए ।
अफ्रिकी खेलाडीहरु क्विन्टन डी ककले १००, भान डर डूसेनले १०८ तथा एडेन मार्करामले आक्रामक रुपमा १०६ रन बनाएका थिए ।

विशाल लक्ष पछ्याएको श्रीलंकालाई सुरुमै झड्का लागेको थियो । प्रारम्भिक ब्याट्सम्यान पाथुम निसान्का शून्यमै आउट भएका थिए । लगत्तै कुसल परेरा पनि ७ रनमै पवेलियन फर्केका थिए ।
तर त्यसपछि क्रिजमा कुसल मेन्डिसले केही आतसबाजी खेल प्रस्तुत गरेका थिए । उनले ४२ बलमा ७६ रन बनाए, र उनी रबाडाको बलमा आउट भए । साथै, सदीरा समरविक्रमाले २३, चरिथ असलन्काले ७९, धनन्जय सिल्भाले ११, डसुन सनाकाले ६८, कसुन रजिथाले ३३ रन बनाए ।

दक्षिण अफ्रिकी बलरहरु गेराल्ड कोजीले ३, केशव महाराज, कागिसो रबाडा र मार्को यान्सेनले समान दुई दुई तथा लुंगी एन्गिडीले १ विकेट लिएका थिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले २ अंक बटुलेको थियो ।

भोलि आइतबार भारत र अस्ट्रेलियाबीच चेन्नाईमा खेल हुनेछ ।




भर्खरै