२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा अष्ट्रेलियाले भारतविरुद्ध टस जितेको छ । चेन्नईमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ भने विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ ।

भारतले तीन स्पिनर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादवलाई मैदान उतारेको छ । उता अष्ट्रेलियाले तीन तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेडलवुड छन् । अष्ट्रेलियाले क्यामरन ग्रीनलाई निरन्तरता दिएको छ भने मार्कस स्टोइनिस बेन्चमा छन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच हालसम्म १२ खेल भएको छ । जसमा अष्ट्रेलियाले ८ खेल जितेको छ भने भारत ४ खेलमा विजयी भएको छ ।

भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन ।

अष्ट्रेलियाको प्लेइङ ११
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा ।