२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया र नेदरल्याण्ड्स बीचको खेलमा वर्षा बाधक



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत मलेसिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाको कारण रद्ध भएको छ । बुधबार कीर्तिपुर मैदानमा जारी खेल वर्षाका कारण  बीचमै रद्ध हुन पुगेको हो ।

आजको खेलमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । यदि आजको खेलमा मलेसियाले नेदरल्यान्ड्सलाई पराजित गरेमा फाइनल पुग्ने टोलीको टुंगो लिग चरण अन्तिम खेल अर्थात् नेपाल र मलेसियाको खेलले निर्धारण गर्नेछ । 

तर नेदरल्यान्ड्स विजयी भएको खण्डमा भने नेपाल र नेदरल्यान्ड्स फाइनल पुग्ने पक्का हुन्छ ।

यसअघि मंगलबार नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित हुन पुगेको थियो ।