२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : दिल्लीसामु १३८ रनको मध्यम चुनौती



अ+ अ-

चेन्नाईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति भइरहेको खेलमा जितका लागि मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १३८ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले चेन्नाईको सुस्त पिचमा २० ओभर खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, सूर्यकुमार यादवले २४, इसन किसनले २६ तथा जयन्त यादवले २३ रन बनाएका थिए । अन्य सात जना ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन सकेनन् ।

मुम्बईका पावर हिटरहरु हार्दिक पान्ड्या ०, क्रुनाल पान्ड्या १, कायरोन पोलार्ड २, क्विन्टन डि कक २ रनमै पभेलियन फर्केका थिए ।

दिल्ली क्यापिटल्सका लागि अमित मिश्रले सर्वाधिक चार विकेट लिएका थिए । अभेष खानले २, मार्कस स्टोइनिस, कागिसो राबाडा र ललित यादवले समान १–१ विकेट लिएका थिए ।
#Delhi_Capitals #Mumbai_Indians