२० असार २०८३, शनिबार
,
Latest
हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई उद्योगको रुपमा विकास नगरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैनौँ: मन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइ नसकेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्र रहेको पनि बताउनु भयो । उहाँले निजी क्षेत्रमा विश्वासको वातावरण बनाउनसके र लगानीमैत्री वातावरण बनाउनसके मुलुक समृद्धितिर जाने बताउनु भयो । उहाँले निजी क्षेत्रबारेको पारम्परिक सोच हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले कृषिलाई उद्योगको हिसावले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र संकटग्रस्त छ भन्नेकुरासँग म मान्यता राख्दिन, सहमत छैन । हामीले अर्थतन्त्रलाई उँभो लगाउन नसकेपनि उँधो चाहीँ लागि हालेको छैन । त्यसैले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइसकेको छैन । मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्रलाई अघि बढाउनसके, विश्वासको वातावरण बनाउनसके र सम्पूर्ण लगानीमैत्री वातावरण बनाउनसके यो मुलुक समृद्धितिर जान्छ । निजी क्षेत्रबारे हाम्रो जुन पारम्परिक सोच छ, निजी क्षेत्र भनेको खराबै हो, राजनीतिक व्यक्तित्व र ब्युरोकेसीलाई चल्दनै दिँदैन भन्ने दुवै सोच अतिवाद सोच हो, त्यो समाप्त गर्न नसके यो मुलुक समृद्धितिर जान्छ भन्ने विश्वास छैन । शिक्षा, स्वास्थ्य, पूर्वाधारमा संसारमा निजी क्षेत्र समावेश भइसकेको छ । त्यसमा हामीले पनि कन्जुस गर्नु हुँदैन । निजी क्षेत्रलाई लगानीमैत्री, सहज र ऐन कानूनमा भएका बाधा हेरिदिने हो न की सरकार सबै कुरा गर्दिने हो । हामीले कृषिलाई उद्योगको हिसावले लैजाने होइन भने यो मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन ।’

मन्त्री रिजालले आर्थिक समृद्धि भएन भने मुलुक र राजनीतक व्यक्ति बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।