२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वको निरंकुशता बिरुद्ध ‘केदार’ विद्रोहको प्रतीक: अर्जुन नरसिंह केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेतृत्वको निरंकुशता बिरुद्ध ‘केदार कार्की’ विद्रोहको प्रतीक बन्नु भएको जनाउनु भएको छ ।

कांग्रेस संस्थापन पक्ष सहित सत्ता गठबन्धनका उम्मेदवार बिरुद्ध बिद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेस नेता केसीले कार्कीलाई बधाई दिँदै यस्तो जनाउनु भएको हो ।

कोशी प्रदेशमा सरकार गठनका क्रममा नेपाली कांग्रेस दुई ध्रुवमा बाँडिएसँगै यसको प्रभाव केन्द्रको गठबन्धन सरकारसम्म पर्ने अनुमानबीच नेताहरुले आआफ्ना धारणा सार्वजनिक गर्नेक्रम जारी छ ।

यद्यपी, कोशी प्रदेश सरकार गठनमा केदार कार्कीलाई उचालेको आरोप खेपिरहेका नेता शेखर कोइरालाले भने पार्टी सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एउटा चिर्कटोमा बर्तमान सत्ता गठबन्धनप्रति पूर्ण समर्थन जनाउँदै हस्ताक्षर गरेर सबैलाई आश्चर्यचकित बनाइसक्नु भएको छ ।

नेता केसीले सामाजिक सञ्जालमा लेख्नु भएको छ –

“गठबन्धनको सिण्डिकेट नै अन्तिम र पार्टीलाई परश्रयी, संस्थागत निर्णय र सरोकारवालाको सामूहिक परारमर्शको उपेक्षा र नेतृत्वको निरंकुशताको परिणाम हो कोशी प्रदेशको सरकार निर्माण । बधाई छ केदार जी, विद्रोहको प्रतीक बनेकोमा ! सर्वदलीय सरकार निर्माण र आजका जटिल जनसमस्या सम्बोधन गर्न सफल हुनुहोस् !”