५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यु–१९: बहराइनद्वारा टस जितेर ब्याटिङ सुरु



अ+ अ-

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र बहराइन बीचको खेल सुरु भएको छ ।

मलेसियाको बायुमास ओभलमा टस जितेको बहराइनले पहिले ब्याटिङ थालेको छ ।

२७ ओभरको खेल सकिँदा बहराइनले ४ विकेट गुमाएर ५७ रन मात्र बनाएको छ । नेपाली बलरहरु दीपेश कँडेल र दुर्गेश गुप्ताले समान दुई दुई विकेट लिएका छन् ।

बहराइनका लागि रिशभ रमेशले ६, आयन सइदले ३, सार्थक बदीराजुले २ तथा मोहम्मद अदिल हकले ० रन बनाएर आउट भइसकेका छन् ।

अहिले मोहम्मद बसिल ३१ र अभिनव गिरिस ३ रन बनाएर खेलिरहेका छन् ।

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपक बोहरा, दुर्गेश गुप्ता, दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, विशाल विक्रम केसी, उत्तम थापा मगर, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी

यसअघि नेपालले इरानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।